दार्चुला । आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा शुरु हुँदैछ ।

नेपालमा भैरहेको लिग–टु एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् । अंकतालिकामा नेपाल २५ खेलमा १८ अंकसहित सातौं स्थानमा छ । अमेरिका २५ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ । यो शृंखला अघि शीर्ष स्थानमा रहेको अमेरिका स्कटल्याण्डले लगातार दुई जित निकालेपछि दोस्रोमा झरेको हो । स्कटल्याण्ड ३० खेलमा ३८ अंक जोडेर शीर्षस्थानमा छ ।

कीर्तिपुरमा यसअघि मंगलबार र बिहीबार भएको खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान २ रनले हराएको थियो । नेपाल र अमेरिका अहिलेसम्म एकदिवसीय खेलमा ११ पटक खेलेका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । एउटा खेल टाई भएको थियो ।

नेपालले आफ्नो तेस्रो खेलमा जेठ ४ गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ ८ गते अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?