दार्चुला । आईसीसी विश्वकप क्रिकेट लिग–टू शृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । आज भएको खेलमा अमेरिकाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा १ विकेट गुमाएर भेटाएको हो ।

नेपालका कुशल भुर्तेलले शतकसहित १ सय १९ रन बनाए । यस्तै आसिफ शेखले ५८ रन बनाए । आजको खेलबाट डेब्यू गरेका ईशान पाण्डेले अविजित २० रन बनाए ।

त्यसअघि त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस जितेर ब्याटिङ ब्याटिङ गरेको अमेरिकाले ४३ ओभर ३ बलमा १ सय ९५ रन बनाएर अलआउट भयो । अमेरिकाका समित पटेलले ८३ र शेहान जयसूर्यले ५० रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए ।

नेपालमा भइरहेको लिग–टू एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन् । अंकतालिकामा नेपाल २६ खेलमा २० अंकसहित सातौं स्थानमा छ । अमेरिका २६ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ ।

यो शृंखला अघि शीर्ष स्थानमा रहेको अमेरिका स्कटल्यान्डले लगातार दुई जित निकालेपछि दोस्रोमा झरेको हो । स्कटल्यान्ड ३० खेलमा ३८ अंक जोडेर शीर्षस्थानमा छ । कीर्तिपुरमा यसअघि मंगलवार र बिहिवार भएको खेलमा स्कटल्यान्डले नेपाल र अमेरिकालाई समान २ रनले हराएको थियो ।

नेपाल र अमेरिका अहिलेसम्म एकदिवसीय खेलमा ११ पटक खेलेका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । एउटा खेल टाई भएको थियो । नेपालले आफ्नो तेस्रो खेलमा पर्सि ४ गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ ८ गते अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?