दार्चुला । दार्चुलाको मार्मामा जिप दुर्घटना भएको छ । शनिबार राति करिब ८ बजेतिर मार्माको भित्री सडक ताकुबाट घोलजर तर्फ गईरहेको जिप मार्मा गाउँपालिका वडा नम्बर १ घोल्जर पातिहाल्दामा दुर्घटना भएको हो । दुर्घटनामा परी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मार्मा-१ बस्ने चालक हरिश महराले चलाएको सु.प.प्र ०१(००१ ज ००७६ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक विनोद कुमार विष्टले जानकारी दिनुभयो ।

दुर्घटनामा परी चालक २६ वर्षीय हरिश महरासहित मार्मा-१ घोल्जर बस्ने २७ वर्षीया मनिसा ठगुन्ना, सोही ठाउँ बस्ने १७ वर्षीया स्मृती ठगुन्ना, १३ वर्षीया सारिका ठगुन्ना र १६ वर्षीय विवेक महरा घाइते भएका छन् । घाईतेहरु मध्ये पनि चालक महरा र १७ वर्षीया स्मृती ठगुन्नाको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकरी दिनुभयो ।

घाइते सबैलाई राति नै उद्धार गरि उपचारको लागी धनगडी पठाइएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?