आईपीएल : राजस्थानले मुम्बईलाई ८ विकेटले हरायो

दार्चुला । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ८ विकेटले हराएको छ ।

राति सकिएको खेलमा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले १८ ओभर २ बलमा २ विकेटको क्षतिमा भेट्टायो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९५ रन बनाएको थियो ।

हारसँगै शीर्ष स्थानको मुम्बईले अंक बढाउन सकेन । दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोरको पनि समान १४ अंक नै भए पनि रनरेटका आधारमा मुम्बई शिर्ष स्थानमा छ ।

यस्तै मुम्बईलाई हराएको राजस्थान एक स्थान माथि उक्लिएको छ । १२ खेलमा ५ मा जित र ७ मा हार बेहोरेको राजस्थानको १० अंक भएको छ । राजस्थान तालिकाको पुछारबाट तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?