प्रधानाध्यापक धामी मृत्यु प्रकरणमा ८ जना पक्राउ, आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान जारी

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर ४ स्थित सम्पाल माध्यमिक विद्यालय सुन्सेराका प्रधानाध्यापक बलदेव सिंह धामीको मृत्यु प्रकरणमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

मालिकार्जुन गाउँपालिका वडा नम्बर २ घर भएका ४६ वर्षीय धामीले सोमबार झुण्डिएर आत्महत्या गरेको घटनामा ज्यान सम्बन्धी कसुर अन्तर्गत “आत्महत्या दुरुत्साहन” मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत दार्चुलाबाट १० दिन हिरासतमा राख्न अनुमति लिएर अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा मृतक प्रधानाध्यापक धामीले सुसाईड नोटमा नाम उल्लेख गरेका महाकाली नगरपालिका र व्याँस गाउँपालिकाका विभिन्न व्यक्तिहरु रहेका छन् ।

पक्राउ पर्नेहरुमा सम्पाल मावि सुन्सेराका शिक्षकहरु विक्रम सिंह कुबर, दलिदत्त भट्ट, खिमानन्द भट्ट, पदमराज भट्ट, हरिदत्त भट्ट, दम्फाका प्रधानाध्यापक प्रमान्नद भट्ट, विद्यालय भवन निर्माण गर्ने ठेकेदार खेमराज भट्ट र नेपाली कांग्रेस व्याँस गाउँपालिका सभापति नरेन्द्र भट्ट रहेका छन् ।

मृतक प्रधानाध्यापक धामीले सामाजिक सञ्जालमा लेखेको लामो सुसाइड नोटमा आफूलाई बलात्कार, भ्रष्टाचारलगायतका झुट्टा आरोप लगाएर योजनाबद्ध रूपमा फसाउन खोजिएको उल्लेख गर्नुभएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक भट्टले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?