शक्तिपिठहरुमा दशैँ विशेष पुजाआजा, मैखोलीमा मन्दिर शिलान्यास

दार्चुला । बडादशैको पावन अवसरमा मालिकार्जुन, लटिनाथ, ऐडिबाग, हुदैनाथ लगायत लेकम क्षेत्रका सबैजसो शक्तिपिठहरुमा सयौँ भक्तजनहरुले पुजाआजा गरेका छन् । लेकम क्षेत्रको प्रशिद्ध शक्तिपिठ लटिनाथ मन्दिर जयपुरमा घटस्थापना देखि दशैको दिनसम्म स्वास्थ्य सुरक्षाको ख्याल गर्दै सयौँ श्रद्धालु भक्तजनहरुले पुजा आराधाना गरेको जयपुर मन्दिर व्यवस्थापन समिति अध्यक्ष एबं पुजारी जयदेब बिष्टले जानकारी दिनुभयो ।

देबी देवताहरुकै भक्ति र सबैको सतर्कताका कारण लेकम क्षेत्रमा कोरोना हालसम्म नफैलिएको बताउदै उहाँले कोरोना भाइरस सहित सबै रोग, भोगको नास गर्दै सुख, शान्ति, समृद्धि र उन्नती प्रगतिको कामना गर्दै दश दिनसम्म पुजाआराधा गरिएको पुजारी बिष्टले बताउनुभयो । मालिकार्जुन मन्दिर जाइझुल, कुस्मावती मन्दिर र लटिनाथ मन्दिरमा दशैको अवसरमा विशेष पुजाआजा गरिएको उहाँले बताउनुभयो ।

मालिकार्जुन मन्दिर मड लगायत सबै मालिकार्जुन मन्दिरहरु र समस्त शक्तिपिठहरुमा पुजाआजा गरिएको छ । दशैको दिन मालिकार्जुन मन्दिर मैखोलीमा समेत पुजाआजा गरिएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष एबं भरणे गोबिन्दराज जोशीले बताउनुभयो ।

लेकम गाउँपालिकाको सहयोगमा निर्माण गर्नका लागि मालिकार्जुन मन्दिर मौखोलीमा मन्दिरको शिलन्यास तथा स्थानीय भाषामा पट्की हान्ने कार्य गरिएको छ । लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशी सहित गाउँ भरीका जेष्ट नागरिक, भरणे लगायत सरोकारवालाहरुको उपस्थितिमा मन्दिरको शिलन्यास गरिएको हो । मैखोलीकै ऐडिबाग मन्दिर पाटामा दशैँजात्रा सम्पन्न भएको छ । विगत वर्षहरुमा राती लाग्ने जात्रा यो वर्षदेखि दिउँसो मनाउन थालिएको छ । 

मन्दिर शिलान्यास गर्दै लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशी लगायत मैखोलीवासी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?