दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ५ मैखोली अम्कुर गाउँमा मदिरा बेचबिखन तथा सेवन रोकथाम तथा नियन्त्रण समिति गठन गरिएको छ । कार्तिक ११ गते मंगलबार ईलाका प्रहरी कार्यालय रिठाचौपाताका ईन्चार्ज एबं प्रहरी नायब निरीक्षक लोकेन्द्र सिह पुजारा लगायत सुरक्षाकर्मीहरुको उपस्थितिमिा मदिरा नियन्त्रण समिति गठन गरिएको रेडियो लोकदर्पणका संबाददाता हरिप्रसाद जोशीले जानकारी दिनुभयो ।

अम्कुरका स्थानीय प्रमानन्द जोशीको अध्यक्षतामा १० सदस्यिय मदिरा नियन्त्रण समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा जानकी जोशी, सचिव कलावती जोशी, कोषाध्यक्ष गणेशदत्त जोशी रहेका छन् । सदस्यहरुमा घनश्याम जोशी, पल्लबराज जोशी, गोकर्ण जोशी, गोबिन्दराज जोशी, डम्बरध्वज जोशी र देबराज जोशी रहेका छन् ।

गाउँमा मदिरा बेचबिखन गर्नेलाई १५ हजार र सेवन गर्नेलाई ५ हजार रुपैँया जरिवाना गर्ने निर्णय गरिएको समिति कोषाध्यक्ष गणेशदत्त जोशीले बताउनुभयो । सोमबार अर्थात दशैंको दिन मदिरा सेवन गरेर रातभरी होहल्ला गर्ने नमराज जोशी, गोकर्ण जोशी, डम्मर ध्वज जोशी र परमानन्द जोशी ले आजदेखि मदिरा सेवन नगर्ने भन्दै सबै सामु माफि मागेका छन् ।

No description available.

यसैबिच लेकम गाउँपालिका वडा नम्बर २ रातामाटा स्थित तीन वटा घर तथा पशलबाट मंगलबार विहान १२८ क्वाटर मदिरा बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय रिठाचौपाताबाट खटिएको प्रहरी टोलीले पशलहरुको निरीक्षण गर्दा १२८ क्वाटर मदिरा बरामद गरेर नष्ट गरेको ईलाका प्रहरी कार्यालय रिठाचौपाताका ईन्चार्ज एबं प्रहरी नायब निरीक्षक लोकेन्द्र सिह पुजाराले जानकारी दिनुभयो ।

लेकम–२ का स्थानीय बिष्णु जोशीको पशलबाट ५२ क्वाटर, नन्दराज जोशीको घरबाट २६ क्वाटर र नन्दराज जोशीको घरबाट ५० क्वाटर गरि कुल १२८ क्वाटर मदिरा बरामद गरि स्थानीय शंकरदत्त जोशी र तुलादत्त जोशीको रहोबरमा नष्ट गरिएको प्रहरी नायब निरीक्षक पुजाराले बताउनुभयो ।

विद्यालयको झण्डै १०० मिटर नजिकै मदिराको कारोबार हुने गरेको र मदिरा सेवन गरेर गाउँमा होहल्ला तथा झैझगडा हुने गरेको सूचनाका आधारमा ईप्रका रिठाचौपाताबाट ईन्चार्ज पुजाराको नेतृत्वमा खटिएको प्रहरी टोलीले मदिरा बरामद गर्नुको साथै बेचबिखनमा संलग्न तीनै जनालाई जरिवाना तिराइएको छ ।

अबदेखि मदिरा बेचबिखन नगर्ने शर्तमा कानुन अनुसार जनहि २५०० का दरले कुल ७५०० रुपैँया जरिवाना गरिएको प्रहरीले जनाएको छ । मदिरा निषेधित लेकम गाउँपालिका क्षेत्रमा अबैध रुपमा ओसारपसार गरेर मदिराको कारोवार हुने गरेको छ ।

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?