दार्चुला । नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगास्थित सीमा पुल आज दिउँसो १० मिनेटका लागि खुल्दा १९ जनाले आवतजावत गरेका छन् ।

भारतमा अलपत्र परेका नेपाली नागरिक र नेपालमा रोकिएका भारतीयहरुले दुबै देशका स्थानीय प्रशासनलाई पुल खोलिदिन निवेदन दिएपछि सीमा पुल खोलिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

खलंगास्थित झोलुगें पुल खुल्दा भारतमा अलपत्र परेका ७ जना नेपाली स्वदेश फर्किएका छन । भने १२ जना भारतीय नागरिक भारत गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो ।

भारतबाट फर्किएका सातै जना दार्चुलाबासी रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?