आईपीएलमा दिल्ली तेस्रो स्थानमा झर्यो, हैदरबादसँग ८८ रनले पराजित

दार्चुला । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स तेस्रो स्थानमा झरेको छ ।

राति भएको खेलमा सनराइजर्स हैदरबादासँग ८८ रनले पराजित भएपछि दिल्ली तेस्रो स्थानमा झरेको हो ।

हैदराबादले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको दिल्ली १९ ओभरमा १ सय ३१ रनमात्र बनाउन सक्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय १९ रन बनाएको थियो ।

जितसँगै १० अंक बनाउँदै हैदराबादले तालिकामा पुछारबाट तेस्रो स्थानमा उक्लिएको छ । उसको प्ले अफमा पुग्ने सम्भावना कायमै छ ।

यस्तै हारेको दिल्ली १४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । समान १४ अंक नै भए पनि रनरेटका आधारमा मुम्बई इन्डियन्स तालिकाको शीर्ष र रोयल च्यालेन्जर्स बेङ्ग्लोर दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?