दार्चुलामा आफैंले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु भएको छ ।
अपिहिमाल गाउँपालिका–५ घोडेभित्तामा ट्याक्टरले च्यापिएर दाङका ३२ वर्षीय प्रेम थापाको मृत्यु भएको हो ।
लटिनाथबाट मकरीगाड हाइड्रो पावरमा सिमेन्ट लैजाने क्रममा उहालाई आफैंले चलाएको ट्याक्टरले च्यापेको थियो ।
ट्याक्टर रोकेर शौचका लागि सडक किनारमा गएका थापाको अचानक गुडेको ट्याक्टरले च्यापेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक भास्कर चन्दले बताउनुभयो ।
अहिले सवलाई पोष्टमाटमका लागि गोकुलेश्वर अस्पताल ल्याइएको छ ।
दाङबाट मृतकका आफन्त आइपुगेपछि पोष्टमाटम गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।





प्रतिक्रिया