रेडक्रस दार्चुलाका मन्त्री अवस्थी कोरोनामुक्त

दार्चुला । नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखाका मन्त्री दिपक प्रसाद अवस्थीले कोरोना जित्नुभएको छ । तीन हप्ता पहिले मन्त्री अवस्थीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । बिहिबार गरिएको पीसीआर परीक्षणमा कोरोना रिर्पोट नेगेटिभ आएको उहाँले बताउनुभयो ।

कोरोना भाइरसका लक्षण देखिएपछि मन्त्री अवस्थीलाई तीन हप्ता पहिले उपचारका लागि दार्चुलाबाट धनगढी रेफर गरिएको थियो । धनगढीमा स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि सेती प्रादेशिक अस्पतालमा उपचार गराउनुभएको थियो ।

बिहिबार रिपोर्ट नेगेटिभ आएसंगै पूर्ण रुपमा कोरोना मुक्त भएको अनुभव गरेको मन्त्री अवस्थीले बताउनुभयो । कोरोनामुक्त भएसंगै उहाँलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । अहिले स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

दार्चुलामा हालसम्म २५७ जनामा कोरोना पुष्टि भए पनि अधिकासंले कोरोना जितिसकेका छन् । जिल्लाभरीमा ६१ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल पर्शन बिरेन्द्र राज भट्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?