बैतडीमा ट्याक्टरबाट खसेर एक बालकको मृत्यु

बैतडी । बैतडीमा ट्याक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ ।

मेलौली नगरपालिका वडा नं ८ बस्ने ५ बर्षीय आयुष बिष्टको ट्याक्टरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मेलौलीको रायल्डबाट मेलौली आउने क्रममा बिहीबार साँझ साढेसात बजेतिर ट्याक्टरबाट खसेका बालकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

हराडाखान भन्ने स्थानमा आफ्नै हजुरआमाको काखमा बसीरहेका बालक एक्कासी ट्याक्टरबाट खसेको बताइएको छ । से १ त ८५७ नम्बरको ट्याक्टरबाट बालक खसेका बताइएको छ । घटनापछि ट्याक्टर र चालक दीपक लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पातलमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकसिंह धामीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?