बैतडीको पुर्चाैडी नगरपालिका वडा नम्बर ७ को नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
नगर प्रमुख रण बहादुर कुवँरले वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नु भएको हो ।
नगरपालिकाको आफ्नै बजेटमा वडा नम्बर २, ३, ४, ७ र ९ मा भवन निर्माण भईरहेकोमा वडा नम्बर ७ को भवन निर्माण सम्पन्न भइसकेको र अन्य वडाहरुमा पनि भवन निर्माणको काम अन्तिम चरणमा रहेको पुर्चौडी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश नगारीले जानकारी दिनुभयो ।
भवन उद्घाटन कार्यक्रममा नगर उपप्रमुख जानकी ऐर बम, वडा पालिकाका जनप्रतिनिधि र बिभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीयहरुको सहभागिता रहेको थियो।







प्रतिक्रिया