दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ टकनामा एक पुरुषको हत्या भएको छ ।
लेकम गाउँपालिका वडा नम्बर ४ का स्थानीय तेज बहादुर पालको शव आज विहान फेला परेको हो ।
टाउकोमा घाउ भएको अवस्थामा टकना गाउँमा शव फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रिठाचौपाता दार्चुलाले जनाएको छ ।
शनिबार राती १२ बजे मदिरा सेवन गरेर झगडा भएको आशंका गरिएको छ । घटनामा संलग्न कति जना हुन र घटना कसरी भएको भन्ने विषयमा सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक पालले यसअघि पनि मदिरा सेवन गर्ने गरेको स्थानीयले बताएका छन् ।
ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्र साउँद नेतृत्वको प्रहरी टोली समेत घटनास्थलतर्फ प्रस्थान गरेको छ ।
अहिले ईलाका प्रहरी कार्यालय रिठाचौपाताका ईन्चार्ज एबं प्रहरी नायब निरीक्षक लोकेन्द्र सिह पुजारा नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।
भिडियो हेर्न यो लिकंमा क्लीक गर्नुहोस




