बाजुरा ।बाजुरामा जीप दुर्घटना हुँदा १ बालकको मृत्यु भएको छ ।

जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर ४ को बेलकाट्या भन्ने स्थानमा फलासैनीबाट आइरहेको से १ ज ११८० नम्बर जीप दुर्घटना हुँदा सोही ठाउँका अन्दाजी ४ वर्षीय बालक प्रिन्स मिजारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा २ जना घाइते भएका छन् ।

घाइते हुनेमा बुढीगंगा नगरपालिका वडा नम्बर ४ कै २५ वर्षीय कमलबहादुर नेपाली र २४ वर्षीय निरन्जन नेपाली रहेका प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

घाईतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । जीप र चालक प्रहरी चौकी बार्जुगाडले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?