दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ टकनामा तेज बहादुर पालको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पालको हत्या आरोपमा सोही ठाउँका ३० बर्षीय रमेल पाललाई बैतडीको सेरा प्रहरी चौकीको सहकार्यमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भाष्कर चन्दले बताउनुभयो ।
लेकम गाउँपालिका वडा नम्बर ४ का स्थानीय तेज बहादुर पालको शनिबार राती हत्या भएको थियो ।
हत्या आरोपमा पक्राउ परेका पाल शनिबार राती देखी फरार रहेका थिए । उनलाई आईतबार विहान बैतडीको दशरथचन्द नगरपालिकाको सेरा बाट प्रहरीले पक्राउ गरेको हो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




