दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा पुर्व प्रहरी सहायक निरीक्षकको हत्या भएको छ ।

लेकम गाउँपालिका वडा नम्बर ४ टकनाका स्थानीय पुर्व प्रहरी सहायक निरीक्षक तेज बहादुर पालको हत्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो ।

लेकम गाउँपालिका वडा नम्बर ४ का स्थानीय पालको शनिबार राती हत्या भएको हो । पालको टाउकोमा लठ्ठीले प्रहार गरि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्या आरोपमा प्रहरीले स्थानीय ३० बर्षीय रमेश पाललाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रक्राउ परेका रमेश पाल र मृतक तेज बहादुर पालले राती मदिरा सेवन गरि गाउँमा होहल्ला गरेको समेत प्रहरीले जनाएको छ ।

हत्या आरोपमा पक्राउ परेका स्थानीय रमेल पाल शनिबार राती देखि फरार रहेका थिए । उनलाई आईतबार विहान बैतडीको दशरथचन्द नगरपालिकाको सेरा बाट सेरा प्रहरी चौकीको टोलीले पक्राउ गरेको थियो ।पक्राउ परेका पाललाई जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याउने तयारी भईरहेको छ ।

मृतकको शव प्रहरीको निगरानीमा राखिएको छ । मृतकका आफन्त आएपछि पोष्टमाटमको लागी गोकुलेश्वर अस्पताल लगिने तयारी रहेको बताईएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?