दार्चुलामा कोरोना संक्रमितको संख्या दुई सय ५९ पुगेको छ । जिल्लामा हाल सम्म तीन हजार पाँच सय ३५ जनाको कोरोना परीक्षण गरिएकोमा दुई सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दार्चुलाका सात स्थानीय तहका दुई सय १५ परुष र ४४ जना महिलामा कोरोना भाईरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाभरिमा आईतबार सम्म ५८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन । हाल सम्म जिल्लाको मार्मा गाउँपालिकामा पाँच सय ३७ जनाको पीसीआर परीक्षण गरिएकोमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मालिकार्जुन गाउँपालिकामा चार सय ३९ जनाको कोरोना परीक्षण गरिएकोमा सात जनामा कोरोना पुष्टि भएको छ । शैल्यशिखर नगरपालिकामा चार सय ४९ जनाको पीसीआर परिक्षण गरिएकोमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लेकम गाउँपालिकामा दुई सय ४९ जनाको पीसीआर परीक्षण गरिएकोमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महाकाली नगरपालिकामा जिल्लाकै सबैभन्दा बढी नौ सय ५४ जनाको पीसीआर परीक्षण गरिएकोमा एक सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार सम्म महाकाली नगरपालिकामा ५० जना सक्रिय संक्रमित रहेका छन ।

दुहुँ गाउँपालिकामा चार सय ८१ जनाको पीसीआर परीक्षण गरिएकोमा १५ जनामा कोरोना पुष्टि भएको छ । दुहुँमा अहिले पाँच जना संक्रिय संक्रमित रहेका छन । व्यास गाउँपालिकामा एक सय ८४ जनाको पीसीआर परीक्षण गरिएकोमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । व्यासमा तीन जना सक्रिय संक्रमित रहेका छन ।

अपिहिमाल गाउँपालिकामा ६१ जनाको र नौगाड गाउँपालिकामा दुई सय १२ जनाको पीसीआर परीक्षण गरिएकोमा कसैमा पालिकाभित्र कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला बाहिर पीसीआर परीक्षण भएको कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या यसमा समावेस नगरिएको जनाइएको छ ।

महाकाली, दुहुँ र व्याँस बाहेका छ स्थानीय तह तत्कालका लागि कोरोना संक्रमित मुक्त भएको छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?