दार्चुलाको मार्मा गाउँपालिका र बैतडीको दुई नगरपालिकामा आजदेखि कक्षा सञ्चालन

दार्चुलाको मार्मा गाउँपालिकामा शिक्षण सिकाई सहजिकरण कक्षाहरु पुनः सञ्चालन गरिएको छ ।

गाउँपालिकाभरीका ४६ विद्यालयमध्ये ४२ विद्यालयमा आजदेखि शिक्षण सिकाई सहजिकरण शुरु भएको मार्मा गाउँपालिकाका शिक्षा अधिकृत राजेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

लटिनाथ माबिमा कार्तिक १८ गतेदेखि र तवोवन माबिमा २० गतेदेखि कक्षा सञ्चालन हुने शिक्षा अधिकृत जोशीले बताउनुभयो । बाकी दुई वटा विद्यालयमा समेत छिट्टै बैकल्पीक शिक्षण सिकाई शुरु गर्ने गरी आवश्यक तयारी भइरहेको मार्मा गाउँपालिकाले जनाएको छ ।

यसैबिच आजदेखि बैतडीको पुर्चौडी र मेलौली नगरपालिकामा समेत आजदेखि शिक्षण सिकाई सहजिकरण कक्षाहरु सञ्चालन गरिएको छ । कोरोना प्रभाव र दशैँ विदाका कारण रोकिएका बैकल्पीक सिकाई कक्षाहरु आजदेखि पुनः सुचारु गरीएको पुर्चौडी नगरपालिका शिक्षा शाखा प्रमुख दिनेश नगारीले जानकारी दिनुभयो ।

पुर्चौडी नगरपालिका भित्रका ७५ सामुदायिक र ३ संस्थागत गरी ७८ वटै विद्यालयमा शिक्षक सिकाई सहजिकरण शुरु गरिएको उहाँले बताउनुभयो । पुर्चौडीमा झण्डै १४ हजार विद्यार्थी अद्ययनरत रहेका छन् । उता मेलौली नगरपालिकामा ४६ सामुदायिक र ३ निजी विद्यालयमा गरि ८ हजार बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?