जिल्ला प्रशासन कार्यालय दार्चुलाले दुहुँ गाउँपालिका र शैल्यशिखर नगरपालिकाको चार किल्ला क्षेत्रम गरिएको निषेधाज्ञा हटाइएको जनाएको छ ।
सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमित भेट्टिएपछि दुहुँ र शैल्यशिखरको निश्चित क्षेत्रमा गरिएको निषेधाज्ञा आज बेलुकी ७ बजेदेखि लागु हुने गरि हटाइएको जानकारी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलद्धारा जारी सूचनामा कोरोना संक्रमणको जोखिम कायमै रहेकोले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न सबैलाई अनुरोध गरिएको छ ।
स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
हेर्नुहोस जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको सूचना






प्रतिक्रिया