दार्चुला । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

व्यास गाउँपालिकाका ३० वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

पछिल्लो २४ घण्टामा गरीएको परीक्षणमा व्यास गाउँपालिकाका १३ जना मध्ये एक जनाको पीसीआर रिपोट पोजेटिभ आएको हो ।

यो संगै दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई सय ६० पुगेको छ ।

अहिलेसम्म महाकाली नगरपालिकामा सबै भन्दा बढि १६४ जनामा कोरोना पुष्टि भएको छ । मार्मा गाउँपालिकामा ४४ जना, शैल्यशिखर नगरपालिकामा १९ जना, दुहुँ गाउँपालिकामा १५ जना, मालिकार्जुन गाउँपालिका ७ जना, लेकम गाउँपालिकामा ५ जना र व्यास गाउँपलिकामा ६ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका २५४ जनाले कोरोना जितेका छन जिल्लाभरी ६ जना मात्रै सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?