दार्चुला । मालिकार्जुन गाउँपालिकाको शंकरपुर–जौलजिवि सडक निर्माण कार्य सुरु भएको छ ।

शंकरपुर हुदै जौलजिवि जोड्ने सडक निर्माणको काम आजदेखि सुचारु भएको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष प्रेमराज पन्तले जानकारी दिनुभयो ।

पुर्वाधार विकास कार्यालय बैतडीद्धारा निर्माण भइरहेको उक्त सडकमा सुदूरपश्चिम प्रदेश सरकारले ३० लाख बजेट विनियोजन गरेको छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा बजेट विनियोजन गरिएको उक्त सडकमा समयमै निर्माण कार्य सुरु नहुदा लक्ष्य अनुसार प्रगति हुने सकेको छैन् ।

निर्माण व्यवसायीले कोरोना महामारीको कारण सडक निर्माणमा ढिलाई भएको बताएपछि चालु आर्थिक वर्षको पुषसम्म म्याद थप गरेर सडक निर्माण थालिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?