दार्चुला । सामुदायिक सूचना नेटवर्क (सिआइएन) ले संचालन गर्दै आइरहेको कार्यक्रम हेलो सांसद मा यो साताको शृङ्खलाको लागि सुदूरपश्चिम प्रदेश स्तरीय ‘संसद, सांसद र संसदिय अभ्यास’ बिषयक हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ ।
उक्त हाजिरीजवाफ प्रतियोगितामा सुदूरपश्चिम विश्वविद्यालय, दार्चुला बहुमुखी क्याम्पस दार्चुलाको टिम प्रथम भएको छ ।
सुदूरपश्चिम प्रदेश भरीका ९ ओटा सहभागी क्याम्पस मध्ये दार्चुला बहुमुखी क्याम्पस ले प्रथम स्थान हात पार्न सफल भएको क्याम्पस प्रमुख कृष्ण सिह साउँदले जानकारी दिनुभयो ।
दार्चुला बहुमुखी क्याम्पसको टिममा नरबहादुर ठगुन्ना, नरेन्द्र प्रसाद जोशी र जानकी पालले सहभागिता जनाएका थिए ।




