बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर २ स्थित डाडाबाग आधारभुत विद्यालय किमिचोर कपट्टाका प्रधानाद्यापक ४० वर्षीय गोबिन्द घरेडीको हत्या भएको आशंकामा अनुसन्धानका लागि पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ शिवपुरी धाम जग्वाचौर नजिक गोकुलेश्वर बजारतर्फ सडक किनारको भिरमुनी कुलो भित्र मंगलबार बिहान प्रधानाद्यापक घरेडीको शव फेला परेको थियो । मृतकको टाउँकोमा धारीलो हतियार प्रहार भएको जस्तो देखिने घाउँ र शरीरमा निलडाम रहेको आफन्तहरुले बताएका छन् ।

मृतकका आफन्तले गोकुलेश्वरमा पोष्टमाटम रिर्पोट सहि आउनेमा आफुहरु विस्वस्त नभएको भन्दै जिल्ला अस्पताल बैतडी लगेर पोष्टमाटम गरेका छन् ।

घटना संकास्पद देखिएपछि प्रहरीले अनुसन्धानका लागि मृतकसंगै गोकुलेश्वर आएका चार जना र गोकुलेश्वरमा दिउँसो खाना खाएको तथा संगै बसेको होटल महेश्वरीका सञ्चालकलाई नियन्त्रणमा लिएर जिल्ला अदालत दार्चुलाबाट एक हप्ताको म्याद थप गरेर अनुसन्धान थालेको प्रहरीले बताएको छ ।

मृतकका आफन्तले बैतडीमा पोष्टमाटम गरेर बैतडीमै प्रहरीलाई जाहेरी दिएकोमा घटना दार्चुलामा भएकोले बैतडी प्रहरीले अनुसन्धानका लागि दार्चुला प्रहरीलाई जाहेरी पठाएको बताइएको छ । जाहेरी प्राप्त भएपछि होटल सञ्चालक र मृत्यु भएका प्रधानाद्यापक संगै गोकुलेश्वर आएका चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो ।

सोमबार बिहान शिक्षकहरुको तलबभक्ता भुक्तानी गर्न घरबाट गोकुलेश्वर आएका प्रधानाद्यापक घरडीको गाउँ जाने बाटो नै नपर्ने सडक माथिको आरसीसी नहर (कुलो) भित्र शव फेला परेपछि हत्याको आशंका गरिएको हो ।

घरबाट संगै गोकुलेश्वर आएका अरु चार जना भने सकुसल घर पुगेका थिए । मृतक घरडीसंगै समैजी माबि गन्नाका शिक्षक दिनेश बोहरा र शिवराम लुहार, आबि किमिचौर कपट्टाकै शिक्षक महेश घरडी र गन्नाका स्थानीय व्यापारी जनक भण्डारी गोकुलेश्वर बजार आएका थिए ।

मृतकको साथमा ८६ हजार नगद रुपैँया सहित झोला, मोबाइल लगायतको सामान फेला परेको थियो । प्रधानाद्यापक घरेडीको घरमा श्रीमती, तीन छोरा र दुई छोरी रहेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?