बैतडीमा चितुवाको आक्रमणबाट एक किशोरीको ज्यान गएको छ ।

जिल्लाको शिबनाथ गाँपालिका वडा नम्बर ४ की २१ बर्षीय किशोरीको सोमबार चितुवाको आक्रमणबाट ज्यान गएको हो ।

घास काट्नका लागी छिमेकी जिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर १ मर्मखोला गएकी माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको शिबनाथ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण महताले जानकारी दिनुभएको छ ।

सोमबार बिहान ७, ८ जना महिलाहरुसगं घास काटन गएकी महता चितुवाको सिकार भएकी हुन । वडा अध्यक्ष महताका अनुसार चितुवाले मृत किशोरीको शबलाई अझै छाडेको छैन ।

घटना स्थलमा झण्डै १ सयको हाराहारीमा गाउँलेहरु पुगेका छन । तर चितुवाले अहिले सम्म शब नछाडेको स्थानियहरुले बताएका छन ।

गाउँलेहरुले हो–हल्ला गरी चितुवा भगाउने प्रत्यत्न गरे पनि चितुवा नभागेको उनीहरुको भनाई छ । बैतडी प्रहरी र डडेल्धुरा प्रहरीलाई घटनाको बारेमा जानकारी गराएको भए पनि अहिलेसम्म प्रहरी घटना स्थलमा नपुगेको वडाध्यक्ष महताले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?