बझाङ जिल्ला कारागारबाट विप्लवका कार्यकर्ता फरार

बझाङ । जिल्ला कारागार बझाङबाट एक जना भागेका छन् । नेकपा विप्लव समूहमा आवद्ध प्रविन्द्र धामी कारागारभित्रको आइसोलेसन कक्षबाट भागेका हुन् ।

उनी बुधबार विहान ६ बजेदेखि ६ः१५ बीचको समयमा सुरक्षाकर्मीले ड्युटी परिवर्तन गरिरहेको समयमा भागेको जेलर झलक रोकायाले बताउनुभयो ।

उनी छबिसपाथिभेरा वडा नम्बर ५ का बासिन्दा हुन् । उनी गत कात्तिक १५ गते पक्राउ परेका थिए । कात्तिक १७ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित भागेपछि कोरोना फैलन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालयले उनको खोजी तीव्र बनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?