डडेल्धुरामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु

दार्चुला । डडेल्धुरामा होम आइशोलेसनमा बसेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको परशुराम नगरपालिका–१२ का ६५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरी भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमितको मृत्यु बुधबार भएतापनि संक्रमित मृतकको दोस्रो रिपोर्ट आज (बिहिबार) आएको थियो । मृगौलाका बिरामी रहेका उहाँ कोरोना पुष्टि भएपछि घरमै होम आइशोलेसन बस्नुभएको थियो ।

मृतकको शव बुधबार नै आफन्तले व्यवस्थापन गरेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?