दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा सम्पन्न भएको योंग स्टार देउरुख चौबिसन (डिसि) प्रतियोगिता बिजेता मार्मा गाउँपालिकाको टिमलाई गाउँपालिकाले सम्मान गरेको छ ।
दशै र तिहारको अवसरमा सञ्चालन भएको प्रतियोगितामा अपिहिमाल गाउँपालिकाको मल्देश क्रिकेट क्लव (एमसिसी) लाई पराजीत गर्दै प्रतियोगिताको उपाधी जितेको मार्मा गाउँपालिकाले पहिले व्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै २१६ रन बनाएको थियो ।
मार्मा गाउँपालिकाको लागि जयसिह थापाले ६१ तथा अशोक विष्टले ५६ रनको अर्धसतकीय पारी खेलेका थिए । २१७ रनको लक्ष्य पन्छ्याउने क्रममा एमसिसी १७ ओभरमा १४९ रनमै समेटियो । मार्माले ६६ रनको फराकिलो जितसँगै योंग स्टार डिसी प्रतियोगिताको तेस्रो संकरण जित्न सफल भएको आयोजकले जनाएको छ ।
३० टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधी जितेसँगै मार्मा गाउँपालिकाले नगद २५ हजार रुपैयाँ हात पारेको छ भने दोस्रो स्थान प्राप्त गरेको एमसीसीले नगद १२ हजार ५ सय रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगिता बिजेता टिमलाई आज मार्मा गाउँपालिकाले सम्मान गरेको मार्मा गाउँपालिकाका सब ओभरसियर बिक्रम जोशीले बताउनुभयो ।







प्रतिक्रिया