दार्चुला र बैतडीको सीमा क्षेत्र गन्नाबाट कञ्चनपुरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बैतडीको खोड्पे बजार नजिकै दुर्घटनामा परि ९ जनाको ज्यान गएको र ३४ जना घाइते भएको घटनाप्रति दोगडाकेदार गाउँपालिका बैतडीले शोक ब्यक्त गरेको छ ।
बिहिवार राति भएको बस दुर्घटनामा परि दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी एवं आन्तरीक लेखा परीक्षक कबिन्द्रप्रसाद जोशी, दोगडाकेदार गाउँपालिका वडा नम्वर ६ का रणबहादुर चन्द र किरनसिह ऐरीको को निधन भएको छ ।
दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले शोक बक्तब्य जारी गर्दै घटनामा ज्यान गुमाउने सबैमा श्रदाञ्जली र घाइते भएका सबैमा स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

अकल्पनिय दुर्घटना भएपछि मृतक र घाइतेहरुसंग परिचित जनप्रतिनिधि, कर्मचारी, आफन्त, इष्टमित्र, शुभचिन्तक सबैले शोक व्यक्त गरेका छन् ।
दुर्घटना सम्बन्धि थप जानकारी तथा मृतक र घाइतेको पुरा विवरण थाहा पाउन यहाँ क्लीक गर्नुहोला
खोड्पे बस दुर्घटना अपडेट : मृतक र घाइते सबैको पहिचान खुल्यो (भिडियो)





प्रतिक्रिया