बैतडीको खोड्पे बस दुर्घटनामा मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराइएको छ ।

शुक्रबार पवनदुत अटो मेनेजमेन्ट प्रालिले उनीहरुलाई जनही ५० हजारका दरले किरिया खर्च उपलब्ध गराएको हो ।

बैतडीको पाटन नगरपालिका–८ खोडपेमा बिहिबार राति बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको थियो ।

दुर्घटनामा ज्यान गुमाउने सबैको परिवारलाई जिल्ला प्रहरी कार्यालय बैतडीमा किरिया खर्च दिइएको पवनदूत अटो मेनेजमेन्ट प्रालिका प्रबन्धक बिरेन्द्रबहादुर शाहले बताउनुभयो ।

ना ५ ख ५१४१ नम्बरको बस दुर्घटनामा परी ३४ जना घाइते भएका छन् ।

मृतक सबैको पोष्टमाटम पश्चात शव आफन्तको जिम्मा लगाइएको र घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खोड्पे बस दुर्घटना अपडेट : मृतक र घाइते सबैको पहिचान खुल्यो (भिडियो)

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?