यूईएफए नेसन्स लिग : फ्रान्ससँग पराजित पोर्चुगल बाहिरियो

दार्चुला । साविक विजेता पोर्चुगल यूईएफए नेसन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

समूह चरण अन्तर्गत शनिबार राति भएको भएको खेलमा फ्रान्ससँग १(० ले पराजित भएपछि पोर्चुगलको उपाधि यात्रा सकिएको हो ।

पोर्चुगलको मैदानमा फ्रान्सलाई जित दिलाउन एनगालो कान्टेले निर्णायक गोल गरे ।
उनले खेलको ५३ औं मिनेटमा निर्णायक गोल गरेका थिए । उनले एड्रीयनको पासलाई सदुपयोग गरे ।पोर्चुगलविरुद्धको जितसँगै फ्रान्स भने सेमिफाइनलमा प्रवेश गरेको छ ।

लिग ’ए’ समूह ३ को फ्रान्सले ५ खेलमा १३ अंक जोडेको छ । र, फ्रान्स समूहको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको पोर्चुगलले ५ खेलमा १० अंक जोडेको छ ।

अब समूह चरणको अन्तिम खेलमा फ्रान्सले स्विडेन र पोर्चुगलले क्रोएसियासँग खेल्नेछ ।

यस समूहमा क्रोएसिया र स्विडेनको समान ३-३ अंक रहेको छ ।

शनिबार राति भएको अर्को खेलमा स्विडेनले क्रोएसियालाई २-१ ले हराएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?