दार्चुला । अनेरास्ववियु जिल्ला कमिटी बैतडीका तत्कालीन (२०६७÷०६८ सालका) उपाध्यक्ष, जगन्नाथ बहुमुखी क्याम्पस बैतडीका स्वबियु सभापति तथा दोगडाकेदार गाउँपालिका वडा नम्बर २ कफलकोट ढाड घर भएका अरुण महराको मृत्यु भएको छ ।
स्थानीय बजार बाट घर जाने क्रममा अन्दाजी ३२ वर्षका महराको आइतबार घर नजिकैको खुर्रा भिरबाट लडेर मृत्यु भएको हो ।
भीरबाट लडेर गम्भीर घाइते भएका उहाँको उपचारका लागि अस्पताल लैजाने क्रममा ज्यान गएको स्थानीय दान बहादुर भाटले जानकारी दिनुभयो ।
मृतक महराका एक छोरा र श्रीमती रहेको भाटले बताउनुभयो ।
घरका जेठा छोराको मृत्युपछि महरा परिवार शोकमा डुबेको छ ।
भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस





