दार्चुला । व्यास गाउँपालिकाको वडा नम्बर १ छाङरु र तिकंरमा हिमपात शुरु भएको छ ।

हिउद शुरु भएसंगै पहिलो पटक छाङरुसम्म हिमपात भएको हो । हिमपातपछि गाउँमा चिसो बढेको स्थानीय योगेश बोहराले जानकारी दिनुभयो ।

व्यासमा चिसो बढेपछि व्यासी, सौँका समुदाय खलंगा कुञ्चा सर्ने तयारीमा जुटेका छन् ।

व्यास गाउँपालिका वडा नम्बर १ का झण्डै दुई सय परिवार सौँका समुदाय गर्मीयाममा गाउँमा र हिउदेयाममा दार्चुला सदरमुकाम खलंगामा बसोबास गर्दै आएका छन् ।

गाउँमा चिसो बढेसंगै लालाबाला, घरपालुवा जनावर र बन्दोबस्तीको सामान सहित बैशाखमा गाउँ उक्लीएका सौँका समुदाय मंसीर पहिलो साता खलंगा झर्दै आएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?