माबि चौपातामा कक्षा ११ को परीक्षा शुरु, बुधबारदेखि कक्षा सञ्चालन

दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपातास्थित लटिनाथ नमुना माबि चौपातामा आज (मंगलबार) देखि कक्षा ११ को परीक्षा शुरु भएको छ ।

परीक्षाको पहिलो दिन अनिवार्य अग्रेजी बिषयको परीक्षा सञ्चालन भएको लटिनाथ नमुना माबि चौपाताका शिक्षक राजेन्द्र सिह खत्रीले जानकारी दिनुभयो ।

अग्रेजी विषयमा नियमित तर्फ १२० जना र ग्रेडबृद्धितर्फ १४ जना गरी १३४ जनाले आबेदन भरेका छन् । यो बर्ष कक्षा ११ मा १२० जना नियमित र २१ जना ग्रेड बृद्धि गरी कुल १४१ जनाले परीक्षा फाराम भरेको शिक्षक खत्रीले बताउनुभयो ।

सरकारले कक्षा ११ को परीक्षा सञ्चालन गर्ने तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बन्धित विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेपछि सोहि अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्दै परीक्षा सञ्चालन गरिएको विद्यालयले जनाएको छ । यसअघि दार्चुलाका विभिन्न विद्यालयले कक्षा ११ को परीक्षा सञ्चालन गरिसकेका छन् ।

यसैबिच लटिनाथ नमुना माबि चौपाताले नियमित कक्षा सञ्चालनको तयारी गरिरहेको छ । मंसिर ३ गते बुधबार देखि कक्षा १ देखि १० सम्मका कक्षाहरु, मंसिर १० गतेदेखि सबै प्राविधिक तहको र मंसिर १५ गतेदेखि प्राविधिक कार्यक्रमहरुमा नयाँ भर्ना भएका विद्यार्थीहरुको पठनपाठन शुरु हुने लटिनाथ नमुना माबि चौपाताका प्रधानाद्यापक केशबराज बिष्टले जानकारी दिनुभयो ।

लामो समयसम्म विद्यालय बन्द रहदा विद्यार्थीहरुको पढाइमा प्रतिकुल प्रभाव परिरहेकोले स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्दै कक्षा सञ्चालन गरिने प्रधानाद्यापक बिष्टले बताउनुभयो । दार्चुलाको लेकम गाउँपालिकामा हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या सून्य रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?