दार्चुला । नौगाड गाउँपालिकाको छ वटा वडाहरुमध्ये पाँच वटा वडामा सडक विस्तार भइसकेको छ । वडा नम्बर १ बाहेक गाउँपालिकाका सबै वडाहरु सडक सञ्जालमा जोडिएको गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिनुभयो ।
नौगाडको वडा नम्बर ३, ५ र ६ लाई गोकुलेश्वर–देथला–खार–खलंगा सडकले जोडेको छ । वडा नम्बर २ र ४ मा गाउँपालिकाले शाखा सडक विस्तार गरेको छ । भने वडा नम्बर १ को कार्यालयमा एक वर्षभित्र सडक विस्तार गर्ने लक्ष्यका साथ काम भइरहेको नौगाड गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो ।
वर्षायामदेखि अवरुद्ध गोकुलेश्वर–देथला–खार–खलंगा सडक तिहार अघि नै मर्मत गरेर सञ्चालनमा आइसकेको छ । भने नौगाड गाउँपालिका वडा नम्बर २ मा पनि सडक मर्मत गरेर जीप पुर्याइएको छ । देथला–खार–खलंगा सडकको दल्लेखबाट शाखा सडकको रुपमा निर्माण गरिएको सुण्डमुण्ड जाने सडक अन्तरगत वडा कार्यालय हुदै चडेपानी बस्तीसम्म जीप सञ्चालन हुन थालेका छन् ।
सुण्डमुण्डको चडेपानी बस्तीमा आज पहिलो पटक ना १ ज ३०७१ नम्बरको जीप पुगेपछि जीप र जीप चालक विशन सिंह नगालको स्वागत गरिएको छ । इयरकोटमा सडक विस्तार भइसकेपछि नौगाड गाउँपालिकाका सबै वडाहरु सडक सञ्जालमा जोडिने गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताउनुभयो ।





प्रतिक्रिया