डडेल्धुराको बागबजारबाट हत्या गरी फरार भएका युवक पक्राउ

डडेल्धुरा प्रहरीले हत्या गरी फरार भएका एक युवकलाई पक्राउ गरेको छ ।

जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट प्रहरीले परशुराम नगरपालिका–९ जफती कुईयापानीका ३३ वर्षीय नरेशबहादुर बोहरालाई पक्राउ गरेको हो ।

भवितव्य ज्यान मुद्दाका फरार उनलाई बागबजारमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताउनुभयो ।

बोहरालाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेकोमा अदालतले उनलाई ४ महिना १२ दिन कैद र ५ सय जरिवानाको सजाय सुनाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?