बैतडीको पञ्चेश्वर बाट १० लाखको अवैध बिँडी बरामद

दार्चुला । भारतबाट अवैध रुपमा भित्र्याईएको १० लाख बराबरको बिँडी सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सीमानाका बन्द रहेका बेला महाकाली नदीमा ट्युबमार्फत भित्र्याईएको १२ पेटी बिँडीसहित १ जनालाई नियन्त्रणमा लिईएको हो ।

अवैध रुपमा बिँडी भित्र्याउने पञ्चेश्वर गाउँपालिका १ का ३० बर्षीय राजेन्द्र धामीलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । यसका साथै बिँडी ल्याईरहेको म १ ज ३२३ नम्बरको जीप र जीपका चालक रणबहादुर दयाललाई पनि नियन्त्रणमा लिईएको उहाँले बताउनुभयो ।

उनीहरुलाई पञ्चेश्वर गाउँपालिका ४ स्थित सैलोडाबाट नियन्त्रणमा लिईएको हो । महाकाली नदीमा ट्युबको सहयताले बिनायक घाटबाट नेपाल भित्र्याईएको उक्त बिँडी मेलौली तर्फ ल्याइदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले समातेको हो ।

बरामद गरिएको बिँडी र नियन्त्रणमा लिईएको मानिसलाई आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?