भारतीय पेन्सनरका लागी बैतडीको झुलाघाट नाका ५ दिनका लागी खोलिने

दार्चुला । बैतडीको झुलाघाट नाका ५ दिनका लागी खोलिने भएको छ ।

कोरोना महामारीका कारण लामो समयदेखि सीमानाका बन्द हुदा भारतीय पेन्सनरहरु समस्यामा परेपछि स्थानिय प्रशासनको समन्वयमा अगामी सोमबारदेखि शुक्रबारसम्मका लागी नाका खोलिने सहमती भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ ।

नेपाल सरकार मन्त्रि परिषदको निर्णय एबंम जिल्ला प्रशासन कार्यालय बैतडी र जिल्ला अधिकारीको कार्यालय पिथौरागढको समन्वयमा ५ दिनका लागी नाका खोल्ने सहमती भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिह नेगीले जानकारी दिनुभएको छ ।

मिति तय गरिएको भए पनि कति बजे देखि कति बजे सम्म नाका खोल्ने भन्ने बिषय टुंगो लागी नसकेको उहाँको भनाई छ ।

लामो समयदेखि नाका बन्द हुदा बैतडीका भारतीय पेन्सनरहरु पेन्सन बुझ्नबाट बञ्चित भएका छन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?