लामो समयको अन्यौलपछि अन्ततः कक्षा १२ को परीक्षा दार्चुला सहित देशभरी भौतिक उपस्थितिमै सुरु भएको छ । दार्चुलाका ७२ वटै माद्यमिक विद्यालयको परीक्षा पहिलो दिन शान्त र मर्यादित ढंगबाट सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ ।

कोरोना संक्रमण सुरु भएपछि गत वैशाखमै हुनुपर्ने परीक्षा झण्डै सात महिनापछि सुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्डले स्थानीय तहको समन्वयमा कोरोना सम्बन्धी मापदण्ड अपनाएर देशभर एक साथ परीक्षा सन्चालन गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले पहिलो दिनको परीक्षा देशभर सहजरुपमा सम्पन्न भएको बताउनुभयो ।

बिहान ८ बजेबाट सुरु भएको परीक्षा साढे एक घण्टा तोकिएको थियो । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको छ । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ ।

कक्षा १२ को परीक्षामा ४ लाख ३२ हजार ५ सय परीक्षार्थीहरु सहभागी छन् । बोर्डका अध्यक्ष प्रा. डा. पौडेलले परीक्षार्थीहरुबीच कम्तीमा दुई मिटर दुरी कायम गरी एउटा कोठामा २० जनासम्म मात्र राखेर परीक्षा सन्चालन गरिएको बताउनुभयो ।

परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउने र सबैको ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । परीक्षा केन्द्रहरुमा सेनिटाइजर र हात धुनका लागि साबुन पानीको समेत व्यवस्था गरिएको बोर्डका अध्यक्ष पौडेलले बताउनुभयो ।

यसपटक परीक्षार्थीहरुले आफ्नै विद्यालयबाट र जो जहाँ छ, त्यहाँको पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाएका छन् । प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले परीक्षामा सुरक्षाको प्रबन्ध मिलाएको छ भने परीक्षा सन्चालनमा स्थानीय तहले सहयोग गरेका छन् ।

परीक्षाको अनुगमन र निगरानी गर्न बोर्डमा कन्ट्रोल रुमको समेत व्यवस्था गरिएको छ । कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिने छ ।

कुल परीक्षार्थीमध्ये १४ हजार परीक्षार्थीले हाल आफू बसोबास गरीरहेको स्थान नजिक पर्ने गरी परीक्षा केन्द्र परीवर्तन गरेका छन् भने बाँकीनिर्धारित परीक्षा केन्द्रबाटै परीक्षामा सहभागी भएका छन् ।

सबै परीक्षा केन्द्रमा निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?