दार्चुला । नौगाड गाउँपालिका वडा नम्बर ४ होपरीगाडमा तीन महिने अल्लो प्रशोधन तथा बुनाई सीप विकास तालिमको उद्धघाटन भएको छ ।
व्यवसायिक तथा सीप विकास केन्द्र महेन्द्रनगर कञ्चनपुर र नौगाड गाउँपालिकाको सहकार्यमा नि:शुल्क तीन महिने अल्लो प्रशोधन तथा वुनाइ सीप विकास तालिम मंगलबार उद्धघाटन भएको नौगाडबाट रेडियो लोकदर्पणका सम्बाददाता प्रकाशसिह धामीले जानकारी दिनुभयो ।
नौगाड गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य सुन्दर सिह महाताको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष प्रेम सिह धामीको प्रमुख आतिथ्यतामा उद्धघाटन भएको तालिममा २२ जना महिलाहरुको सहभागिता रहेको धामीले बताउनुभयो ।
तालिमको उद्धघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गौरी देबी ठगुन्ना लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
नौगाड गाउँपालिकामा अल्लो खेतीको राम्रो सम्भावना रहेको छ । विगतदेखि नै केहि उद्यमीहरुले व्यवसायीक रुपमा अल्लो प्रशोधन र बुनाइ गर्दै आएका छन् । अल्लोबाट टोपी देखि कोटसम्म विभिन्न लुगाकपडाहरु तयार गर्न सकिन्छ ।
मौलिक उत्पादन भएकोले आगन्तुकहरुले समेत अल्लोबाट उत्पादीत सामाग्रीलाई धेरै रुचाउने गरेको उद्यमी गौरसिह ठगुन्नाले बताउनुभयो ।







प्रतिक्रिया