कैलालीका डिएसपी चौधरी ८ घण्टासम्म सम्पर्कविहीन

अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत २ जना प्रहरीको विभत्स हत्या भएको घटनाको डेढ महिना नबित्दै गएराती कैलाली प्रहरीमा अर्को घटना भएको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरी राती एका एक सम्पर्क विहीन भएपछि कैलाली प्रहरीमा हलचल मच्चियो भने प्रहरी अधिकृतहरु तनाबमा परे।

९ बजे सम्म सम्पर्कमै रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) चौधरी सम्पर्क विहीन भएपछि राती नै उहाँको खोजीका लागि ठुलो संख्यामा प्रहरी परिचालन भयो।

कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा चौधरीको खोजीका लागि राती नै टोली खटाईयो भने प्रदेश प्रहरी कार्यालयबाट समेत छुट्टाछुट्टै टोली परिचालन गरिएको प्रहरी स्रोतले बतायो।

तर प्रहरी नायव उपरीक्षक चौधरी आज बिहान कैलालीकै बुढीतोलामा सकुसल फेला परेका छन्।

अहिले उहाँ सम्पर्कमा आइसक्नुभएको छ। स्रोतका अनुसार उहाँ बुढीतोलामा रहेको एक होटलमा भेट्टिनुभएको हो । चौधरीलाई अहिले जिल्ला ल्याउने काम भइरहेको छ।

गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको विभत्स हत्या गरिएको थियो।

सो हत्या घटना सेलाउन नपाउँदै ईलाका प्रहरी कार्यालयकै इन्चार्ज सम्पर्क विहिन भएपछि गएराती सुदूरपश्चिम प्रहरी वृत्तमा तनाब सिर्जना भएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?