दार्चुलामा ४० पटक पुल खोल्दा १० हजारलाई सुविधा

दार्चुला । नेपाल भारत जोड्ने लाली र जोलजिबी नाका भोलि देखी ३ दिनका लागि खुल्ने भएको छ । लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकाको सिफारीसमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले लाली र जोलजिबी नाका खुलाउन भारतीय प्रशासनलाई पत्राचार गरेपछि भारतीय प्रशासनले पुल खुलाउन सहमति दिएको हो ।

नेपालमा रहेका भारतीय पेन्सनरहरुको समस्यालाई मध्यनजर गर्दै तीन दिनका लागि सीमा पुल खुलाउन लागिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

मंसिर ११ गते देखि मंसिर १३ गतेसम्म अर्थात नोबेम्बर २६ देखि नोबेम्बर २८ तारिख सम्मका लागि नेपाल भारत जोड्ने सीमापुल खुल्ला हुने भएकोले पेन्सन बुझ्न बाकी भारतीय पेन्सनरहरुले पायक पर्ने नाकाबाट भारत गएर पेन्सन बुझ्न सकिने लेकम गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष राजेन्द्रप्रसाद जोशीले बताउनुभयो । मंसिर ११ गते अर्थात भोली देखि १३ गते सम्म विहान १० बजे देखि ११ बजे सम्म र अपराहन्न ४ बजे देखि ५ बजे सम्म पुल खोल्न भारतीय पक्ष सहमत भएपछि पुल खुल्ने निश्चित भएको स्थानीय प्रशासनले जनाएको छ ।

भूतपूर्व भारतीय सैनिकहरुका लागि पेन्सन बुझ्न तथा बैकं खाता नविकरण गर्न पुल खुल्न लागेकोले अवसरको सदुपयोग गर्न लेकम गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष राजेन्द्रप्रसाद जोशीले अनुरोध गर्नुभयो ।

यसैबिच दार्चुला र धारचुला जोड्ने खलंगा सीमापुल आज पनि खुलेको छ । पुल खुलेको अवसरमा एक हजार सात सय ३० जनाले आवतजावत गरेका छन् । पुलमा आवतजावत गर्नेमा अधिकासं खलंगाका व्यापारी रहेको प्रहरीले जनाएको छ । एकैदिनमा लाखौँको सामान भारतबाट आयात भएको प्रतक्षदर्शीहरुले बताएका छन् ।

चिनी र प्याज लगायतको सामाग्री नेपालको भन्दा भारतीय बजारमा निकै सस्तो मूल्यमा पाइने गरेको छ । भारतमा ६४ रुपैँया प्रतिकिलो पर्ने चिनि नेपालमा ३६ रुपैँया बढी अर्थात एक सय रुपैँयासम्म बिक्रि हुने गरेको छ । भारतीय बजारमा १३० रुपैँया प्रतिकिलो पाइने प्याज नेपालमा दुई सयमा बिक्रि बितरण हुने गरेको छ । नेपालमा ७० रुपैँया प्रतिकिलो पर्ने चामल भारतमा ६५ रुपैयामै पाइने गरेको खलंगाका व्यापारीहरु बताउछन् ।

धारचुला बजार दार्चुलाका ग्राहकमा निर्भर रहेको छ । सीमा पुल बन्द हुदा नौँ महिनासम्म गोदाममा सामान स्टक रहेकोले आयातित अधिकासं सामाग्री म्याद नाघेको हुनसक्ने सम्भावना रहेको स्थानीय सुरजसिह बिष्टको भनाई छ । बजार अनुगमन गरेर खाद्य सामाग्रीको म्याद हेर्नु आवश्यक रहेको बिष्टले बताउनुभयो ।

विगतमा एक किलो चिनिका लागि समेत भारतीय बजार धाउने नेपालीहरुले कोरोना भाइरसको जोखिमका कारण सीमा नाका बन्द भएपनि नेपाली बजारबाटै बढी मूल्य तिरेर उपभोग गर्नुपरेको थियो । ९ महिना देखि भारत जान नपाएका नेपालीहरुले सोमबार र बुधबार नाका खुलेपछि लाखौँको सामान भित्रिएको छ ।

अत्यावश्यक अवस्थामा दुबै देशका स्थानीय प्रशासनको समन्वयमा खोलिदै आएको पूलमा भिडभाड बढि हुने गरेको भन्दै हप्तामा दुई दिन पूल खुलाउन दार्चुला प्रशासनले भारतीय प्रशासनलाई पत्राचार गरेको छ । मंगलबार दार्चुला सदरमुकाम खलंगामा सरोकारवालाहरुको छलफलपछि हरेक हप्ताको बुधबार र शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पूल खुलाउन आग्रह गर्ने निर्णय भएको थियो ।

नियमित पूल खुल्दा व्यापारी, सर्वसाधारण, मजदुर र विद्यार्थीलाई समेत सहज हुने छ । लामो समयदेखि पुल बन्द हुँदा किनमेल, बिहेबारी, औषधी उपचार, विद्यार्थीको पठन पाठन, रोजगारी लगायतका दैनिक जनजीवनमा अवरोध सिर्जना भएको जिल्लाबासीले गुनासो गरेका छन् ।

कोरोना भाईरस (कोभिड १९) को जोखिमलाई नियन्त्रण गर्न गत चैत १० गतेदेखि बन्द गरिएका दार्चुलासंग जोडिएका नेपाल भारत सीमा नाका हाल सम्म ४० पटक खोलिएका छन् । संक्रमणको जोखिम न्युनिकरण गर्न बन्द गरिएका सीमा नाका हाल सम्म ४० पटक खोलिदा झण्डै १० हजार मानिसले आवत जावत गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सिमित समयका लागि पुल खुलाउदा बढी भिडभाड भएर झनै जोखिम बढेकोले पुल नियमित खुलाउन स्थानीयले माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?