गोकुलेश्वर अस्पतालको ओ.पि.डी‍. सेवा बन्द

दार्चुला । शैल्यशिखर नगरपालिकाकाे वडा नम्बर ९ मा रहेको गोकुलेश्वर अस्पतालको बहिरङ्ग विभाग (ओ.पि.डी) सेवा अर्काे सूचना नअाउन्जेलसम्मका लागि (अनिश्चितकालका लागि) बन्द गरिएको छ।

रेडियाे लोकदर्पण सङ्गको कुराकानीमा अस्पतालका प्रमुख डा. महादेव भट्टले शैल्यशिखर नगरपालिकाको जेठ ११ गते बसेको नगरपालिकास्तरीय विपद व्यवस्थापन समितीको निर्णय र दार्चुला जिल्लामा समेत कोरोना संक्रमण देखिएको कारण सावधानी अपनाउन भन्दै अस्पतालको ओ.पि.डी सेवा बन्द गरिएको बताउनुभयो।

ओपिडि सेवा बन्द गरिएपनि आकस्मीक उपचारका लागि अस्पताल आउने विरामीहरुलाइ सावधानिपुर्वक सेवा प्रवाह हुने डा. भट्टले बताउनुभयो ।

अस्पतालले स्वास्थ्य सम्बन्धि आवश्यक परामर्शका लागि दिउँसो २ बजेदेखि ४ बजेसम्म (९८४९७४३९०८) मा फोन सम्पर्क गरेर सल्लाह लिन सक्ने जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?