दार्चुला । नौगाड गाउँपालकाको वडा नम्बर ६ धुलिगाडा स्थित स्वास्थ्य चौकीको १० कोठे भवन शिलान्यास गरिएको छ ।
नौगाड गाउँपालिकाको एक करोड लागतमा आधारभुत सुविधासहित निर्माण हुने उक्त भवनको विहिबार एक कार्यक्रमका विच नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले शिलान्यास गरेको नौगाडबाट रेडियो लोकदर्पणका सम्बाददाता प्रकाशसिह धामीले जानकारी दिनुभयो ।
मालिकार्जुन कन्सटक्सनले निर्माणको जिम्मा पाएको उक्त योजनाको निर्माणकार्य चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
भवन शिलान्यास कार्यक्रममा नौगाड गाउँपालिका उपाध्यक्ष गौरीदेवी ठगुन्ना, प्रमुख प्रशासकीय अधिकृत प्रितमसिह ठगुन्ना, वडा नम्बर ६ का वडाअध्यक्ष गोरे धामी लगायत जनप्रतिनिधी, कर्मचारी र स्थानीयको सहभागीता रहेको थियो ।





प्रतिक्रिया