मृत भेटिएका युवकको हत्या आशंका, धनगढीबाट तालिम प्राप्त कुकुर मगाइयो

महेन्द्रनगरमा मृत भेटिएका युवकको हत्या आशंकामा प्रहरीले अनुसन्धान थालेको छ।

भीमदत्त नगरपालिका – ४ स्थित महेन्द्रनगर बजारमा रहेको भानु पार्टी प्यालेस नजिकै घाँटीमा टेलिफोनको तारको पासोले बेरिएको अवस्थामा मृत भेटिएका युवकको हत्या आशंकामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घटनाको अनुसन्धानका लागि प्रदेशको अस्थायी राजधानी धनगढीबाट तालिम प्राप्त कुकुर मगाइएको बताउनुभयो ।

यस्तै प्रहरीले आसपासका क्षेत्रमा रहेका सीसी क्यामेरा फुटेजको समेत विश्लेषण थालेको छ।

उहाँका अनुसार युवकको हत्या आशंकामा अनुसन्धान अगाडी बढाइएको हो।

ती युवकको पहिचान भने हुन सकेको छैन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?