नेपाल फिफा वरियतामा एक स्थान तल झर्यो

नेपाल फिफा वरियतामा एक स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ सय ७१ औं स्थानमा रहेको छ । यसअघि १ सय ७० औं स्थानमा थियो ।

नेपालले ९ सय ६८ अंक हासिल गरेको छ । दक्षिण एशियामा भारत १ सय ४ औं स्थानमा छ भने माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छ । यसैगरी बंगलादेशले तीन स्थान सुधार गरेको छ ।

बंगलादेश १ सय ८४ औं स्थानमा छ । भुटान १ सय ८९ औं स्थानमा रहेको छ । पाकिस्तान २ सय औं स्थानमा रहेको छ ।

यस्तै बेल्जियम शीर्ष स्थानमा छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?