दार्चुला । महाकाली नगरपालिका वडा नम्बर ८ सुरकडामा जीप दुर्घटना हुदा जीप चालक खेमसिंह सामन्त सामान्य घाइते हुनुभएको छ ।
म १ ज २४० नम्बरको जीप सुरकडास्थित सडकबाट झण्डै ३० मिटर तल खस्दा जीपमा सामान्य क्षती भएको र महाकाली नगरपालिका वडा नम्बर ८ काकडा घर भएका चालक खेमसिंह सामन्त सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राती महाकाली लोकमार्गको सुरकडामा जीप फर्काउने क्रममा (व्याक गर्नेबेला) सडकबाट खसेको जीप महाकाली किनार पुगेको छ ।
दुर्घटना हिजो राती भएपनि टेलिफोन नलाग्ने समस्याले बिहान मात्रै थाहा पाएर अहिले प्रहरी उद्धारका लागि घटनास्थल पुगेको छ ।




