सागको खर्च विवरण सार्वजनिक गरिँदै

दार्चुला । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को खर्च विवरण आज सार्वजनिक गर्ने भएको छ ।

राखेपले त्रिपुरेश्वरमा रहेको राखेपको हलमा दिउँसो पत्रकार सम्मेलन गरी सागको खर्च विवरण सार्वजनिक गर्न लागेको हो । सदस्य सचिव रमेशकुमार सिलवालले सागको खर्च विवरण सार्वजनिक गर्नुहुनेछ । राखेपले साग सकिएको एक वर्षपछि हिसाब किताब सार्वजनिक गर्न लागेको हो ।

१३ औं साग गएको वर्ष मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सम्पन्न भएको थियो । साग आयोजना तथा सञ्चालन कार्यविधिमा प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ । साग आयोजना तथा सामान खरिदमा भ्रष्टाचार भएको आरोप लाग्दै आएको छ ।

१३ औं सागमा नेपालले ऐतिहासिक ५१ स्वर्ण, ६० रजत र ९६ कास्य गरी कुल २०७ पदक जितेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?