कैलालीमा ९ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

कैलाली । कैलालीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्लाको मोहन्याल गाउँपालिकाकी बालिका बलात्कारको आरोपमा सोही ठाउँका १९ वर्षीय जीवन शाहीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

असोज २५ गते साँझ आफ्नै घरमा बोलाई बलात्कार गरेका भन्ने जाहेरीका आधारमा शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक अनुप समशेर जवराले बताउनुभयो ।

पक्राउ परेका शाहीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?