दार्चुला । कञ्चनपुरमा बहिनीको हातबाट तिहारको टीका थापेपछि घरबाट हिडेका पुरुष मृत अवस्थामा फेला परेका छन्।
मंसिर १ गते भाइटीकामा बहिनीको हातबाट टीका थापेर साइकल चढेर घरबाट हिडेका वेदकोट नगरपालिका १० का ३० वर्षीय सुरेश चौधरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले चौधरीको शव सोमबार वेदकोट–५ को चुरे वन क्षेत्रमा षडेको अवस्थामा फेला परेको जानकारी दिनुभयो ।
मृतक तिहारको टीका थापेर साइकलबाट घरबाट हिडेको बुझिएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।
बाख्रा चराउने क्रममा स्थानीयले शव देखेपछी प्रहरीलाई खबर गरेका थिए ।
उनको शव परीक्षणका लागि अहिले महाकाली अस्पतालमा राखिएको छ।





प्रतिक्रिया